एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिसन’ सार्वजनिक गर्ने ओपोको तयारी «

एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिसन’ सार्वजनिक गर्ने ओपोको तयारी

भरखरै नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रूपमा स्थापित गरेको ओपोले आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपोले आफ्ना उपभोक्ताहरू विशेष गरी युवा पुस्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादन कालो रंगमा सार्वजनिक गर्न लागेको हो । नेपाली बजारमा ओपोले छोटा समयमा नै फेसनेवल, स्टाइलिस फोन निर्माताका रूपमा विशेष गरी युवा पुस्ता माझ आफ्नो परिचत स्थापित गरिसकेको छ । ओपो एफफाइभ सिक्स जीबी ब्ल्याक एडिसनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले भने, “भरखरै सार्वजनिक हाम्रो नयाँ फ्ल्यागसिप मोडल ओपो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाका लागि उपभोक्ता तथा समग्र सरोकारवाला प्रति कृतज्ञ छौँ ।
ओपो एफफाइभ सिक्स जीबी फेसनेवल कालो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी ¥याम र ६४ जीबी रोमसहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको कम्पनीले जानकारी दिएको छ । पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले पयोगकर्तालाई सहज अनुभूति प्रदान गर्नुका साथै स्टाइलिस तथा फेसनेवल ब्ल्याक कलरले उपभोक्तालाई सँधै फेसनेवल बेष्ट देखाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्