सामसङको रेड ग्यालेक्सी एस–८ सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्सले दक्षिण कोरियामा आफ्नो फ्ल्यागसिप ग्यालेक्सी एस–८ स्मार्टफोनको रातो संस्करण सार्वजनिक गरेको छ । एप्पलको नयाँ आईफोनसँग प्रतिस्पर्धा गर्नका लागि यो फोन सार्वजनिक गरिएको सामसङले जनाएको छ ।
योभन्दा पहिले ग्यालेक्सी एस–८ स्मार्टफोन कालो, खैरो, सिल्भर, नीलो र गुलाबी रङमा उपलब्ध हुँदै आएको थियो । यो रातो संस्करणको स्टोरेज क्षमता ६५ जीबी छ भने मूल्य ८ सय ५७ अमेरिकी डलर छ ।
दक्षिण कोरियाली प्रविधि कम्पनीले सुरुमा अप्रिलमा ग्यालेक्सी एस–८ सार्वजनिक गरेको थियो ।
ग्यालेक्सी एस–८ को नयाँ भर्सन विदेशी बजारमा बिक्री गरिने बारेमा यो भन्दा पहिले सामसङले निर्णय नगरेको जनाएको थियो ।