मेगा बैंकको जीवन साथी र स्वर्णिम बचत खाता योजना «

मेगा बैंकको जीवन साथी र स्वर्णिम बचत खाता योजना

मेगा बैंक नेपालले ग्राहकहरूका लागि दुइटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरूको चाहनाबमोजिम नवीनतम सुविधाहरू प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको जनाएको छ । बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरू छन् ।
न्यूनतम ५ हजार रुपैयाँमै खोल्न सकिने यो खातामा त्रैमासिक रूपमा भुक्तानी हुने गरी वार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरूलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्बालगायतका सुविधा निःशुल्क रूपमा प्रदान गरिनेछ । मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधासमेत लिन पाइने यस योजनामा ग्राहकहरूलाई ५ लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा, सामान खरिदका लागि ५ लाख रुपैयाँसम्मको ईएमआई सेवा दिइने मेगा बैंकले जनाएको छ ।
बिहेको खर्च तिर्न, बैंकबाट कर्जा लिन, लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न, गरगहना, कपडा पसल, पार्टी प्यालेस र ट्राभल एजेन्सीहरूको सुविधा लिन विशेष छुट उपलब्ध गराइने भएको छ । यस योजनाअन्तर्गत डाक्टर, पाइलट, इन्जिनियर, सरकारी कर्मचारी र म्यानेजर पदमा निजी कार्यालयमा कार्यरतहरूलाई प्रोफेसनल लोनसमेत प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्