विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान «

विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान

लोकप्रिय ब्रान्डहरू ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरू उत्पादन गर्ने केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी विकास फ्लोर मिल प्रालिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ । १० औं राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले सम्मान गरेको छ । केएल दुगड ग्रुपद्वारा उत्पादित लोकप्रिय ब्रान्डहरू ज्ञान चक्की आँटा, ज्ञान मैदा, ज्ञान लिटोहरू उत्पादन गर्ने प्रतिष्ठित कम्पनी विकास फ्लोर मिल प्रालिले, स्वछ र गुणस्तरीय खाद्य पदार्थहरू उत्पादन गर्दै आएको छ ।
कम्पनीका उत्पादनहरू मानव स्वाथ्यका लागि निकै उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वच्छ र गुणस्तरीय खाद्य पदार्थहरू उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरूमध्ये उत्कृष्ट उद्योगको रुपमा बिभागले सम्मान गरेको हो । उक्त अवसरमा केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले भने, “विगत ३ दशकदेखि हामी नेपाली बजारमा उत्कृष्ट खाद्य वस्तुहरू उत्पादन र बिक्री वितरण गर्दै आएका छौं । हाम्रो मुख्य उद्देश्य भनेकै गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्दै उपभोक्ताको स्वास्थ्य र स्वादमा सदैव समर्पित हुनु हो ।

 

प्रतिक्रिया दिनुहोस्