आमाका हत्यारालाई कारबाही हुन्छ ? «

आमाका हत्यारालाई कारबाही हुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलो मुख्यमन्त्री हटलाइन सेवा गरेको पहिलो दिनमा नै स्थानीय युवतीको कुटपिटबाट हत्या गरिएकी कालिकोट नरहरिनाथ गाउँपालिकाकी दलित महिला वडा सदस्य मना सार्की छोरा प्रेम सार्कीले आमाको हत्यारा कहिले कारवाही हुन्छ भनेर प्रश्न गरेका छन् । मुख्यमन्त्री शाहीलाई आमाको क्रियापुत्रि घरमा बसेका छोराले कुरा गरेका हुन् ।
मुख्यमन्त्री शाहीसँग आमाका हत्यारा कारबाही हुनुपर्ने माग गरेको र मुख्यमन्त्रीले आफ्नो माग पूरा हुने आश्वासन दिएको प्रेम सार्कीले बताए । “आमाका हत्यारालाई हदैसम्मको कारबाहीको माग गरेका छौं,” उनले भने, “यो भूमिमा जन्मिएका सबै एक जातीका भएका र दलितका नाम अरु कसैले मर्न नपरोस् भनेर पनि मैले भने ।”
नरहरीनाथ गाउँपालिका वडा नं.९ का महिला दलित वडा सदस्य मना सार्की (आइती)को जेठ १९ शनिबार राति स्थानीय युवति राजिन्द्रा शाही र सिर्जना शाहीले सार्कीमाथि कुटपिटबाट मारिएका थिइन् ।
कर्णाली प्रदेश सरकारले बिहीबारबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा (१०९६) र सरकार मन्त्रिपरिषद् कार्यालयको जनतासँग मुख्यमन्त्री कार्यक्रम शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्