‘आर्थिक पत्रकारितालाई अनुसन्धानमूलक बनाउनु जरुरी’ «

‘आर्थिक पत्रकारितालाई अनुसन्धानमूलक बनाउनु जरुरी’

 राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पत्रकारिता अनुसन्धानमूलक तथा विश्लेषणात्मक हुन नसकेको भन्दै यसका लागि आर्थिक पत्रकार तथा मिडिया हाउसहरू गम्भीर हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार राजधानीमा आयोजना गरेको २० औं स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहमा उपाध्यक्ष वाग्लेले मूलधारका पत्रिकाले अझै पनि आर्थिक समाचारलाई पर्याप्त स्थान नदिएको गुनासो गरे । नेपालमा पनि अन्य मुलुकमा जस्तै आर्थिक पत्रकारितामार्फत समाज रूपान्तरणको सम्भावना रहेको भन्दै उनले अनुसन्धान र विश्लेषणमा आधारित समाचारका लागि मिडिया हाउसले पनि लगानी गर्नुपर्ने धारणा राखे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पत्रकारिता अनुसन्धानमूलक तथा विश्लेषणात्मक हुन नसकेको भन्दै यसका लागि आर्थिक पत्रकार तथा मिडिया हाउसहरू गम्भीर हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार राजधानीमा आयोजना गरेको २० औं स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहमा उपाध्यक्ष वाग्लेले मूलधारका पत्रिकाले अझै पनि आर्थिक समाचारलाई पर्याप्त स्थान नदिएको गुनासो गरे । नेपालमा पनि अन्य मुलुकमा जस्तै आर्थिक पत्रकारितामार्फत समाज रूपान्तरणको सम्भावना रहेको भन्दै उनले अनुसन्धान र विश्लेषणमा आधारित समाचारका लागि मिडिया हाउसले पनि लगानी गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मुलुकका ९० प्रतिशत क्षेत्रमा बैंकिङ सेवा पुगेको दावी गरे । अधिकांश स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेकाले बैंकिङ कारोबारमा सहजता आउने नेपालको भनाइ थियो । उनका अनुसार १ सय २० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुग्न बाँकी छ । उनले पछिल्लो समय आर्थिक पत्रकारहरू व्यावसायिक बन्दै गइरहेको भन्दै आर्थिक पत्रकारकै कारण राजनीतिक दलहरूले पनि आर्थिक मुद्दाहरू उठाउने गरेको बताए ।कार्यक्रममा वर्षभरीमा उत्कृष्ठ समाचार सम्प्रेषण गर्ने चार पत्रकारलाई सेजन अवार्ड दिएको प्रदान गरेको छ । जसमध्ये छापातर्फ दीलिप पौडेल र कृष्ण आचार्य तथा विद्युतीयतर्फ सीताराम बिलासी र किरण भट्टराईले अवार्ड पाएका छन् । यस्तै, प्रोत्साहन सम्मान पाउनेमा विनय बञ्जारा छन् । कार्यक्रममा संघीय अर्थतन्त्रमा केन्द्रित भइ सेजनले निकालेको अर्थनीति स्मारिकाको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्