मुआब्जा बुझ्न अझै आएनन् जग्गाधनी «

मुआब्जा बुझ्न अझै आएनन् जग्गाधनी

नागरिक उद्योग प्राधिकरण कार्यालय धनगढीले विभिन्न चरणमा गरेर १७ विगाहा ४ कट्ठा साढे आठ धुर जग्गा अधिग्रहण कार्य गरे तापनि सम्बन्धित केही जग्गाधनी हालसम्म पनि मुआब्जा बुझ्न आएका छैनन् । बाँकी रहेका केही धनीहरू अमेरिकालगायत विभिन्न देशमा रहेका कारण मुआब्जा बुझ्न नआएको नागरिक उड्डयन प्राधिकरणका धनगढीका प्रमुख छविसिंह ठगुन्नाले बताए ।
उनले भने, “काठमाडौं पछिको दोस्रो ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलको रूपमा स्तोरन्नति गर्न सकिने गरि जग्गा अधिग्रहण गरिएको हो ।” जग्गा अधिग्रहण गर्दा सुरु–सुरुमा विभिन्न बाधा–अवरोध आए पनि अहिले सफल भएको छ । अहिले सफल भए पनि धनी मुआब्जा लिन नआउँदा समस्या भएको जनाए । नागरिक उड्डयन प्राधिकरणले ८९ जना धनीको जग्गा अधिग्रहण गरेको छ । अधिग्रहण कार्य सकिएको जनाए पनि अब ७ जनाले मात्र मुआब्जा बुझ्न बाँकी रहेको बताए ।
जग्गा अधिग्रहण गर्ने क्रममा घरवाफतको ५१ लाख २४ हजार ९ सय ५ रुपैयाँ मुआब्जा रकम वितरण गरिएको छ । यसैगरी, जग्गाबापत २३ करोड ११ लाख ५ हजार रुपैयाँ वितरण गरिएको छ । मुआब्जा रकम वितरणका लागि कुनै अभाव नभएको र आउनै बित्तिकै पैसा वितरण गर्ने प्राधिकरण प्रमुख ठकुल्लाले बताए । “मुआब्जा रकम जिल्ला प्रशासन कार्यालय, धनगढीको खातामा छ ।” प्रदेश नं.७ को भविष्यसँग जोडिएको धनगढी विमास्थललाई स्त्तोरन्नति गर्नुपर्ने माग विगत लामो समयदेखि उठ्दै आएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्य मार्फत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तोरन्नति गर्ने घोषणा गरेको छ । यसका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्