३१ लाख ८० हजार भारतीय नोट सहित दुईजना पक्राउ «

३१ लाख ८० हजार भारतीय नोट सहित दुईजना पक्राउ

वीरगञ्ज- पर्सा प्रहरीले ३१ लाख ८० हजार रुपैंया अवैध भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत, बिहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत वेल्वा बस्ने ३० बर्षीय चितरञ्जन प्रसाद र सोही स्थान थाना पालानवा ग्राम पंचायत बेलवा वार्ड नं. १४ बस्ने १८ बर्षिय रोहित केशरीलाई ३१ लाख ८० हजार रुपैंया भारतीय अवैध नोट सहित पक्राउ गरेको हो । ना.२७ प. ३८११ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्नेक्रममा चितरन्जनको साथबाट भारतीय रुपैया २ हजार दरका नोट १ हजार ३ सय ९० थान अर्थात २७ लाख ८० हजार र मोटरसाइकलको पछाडी बसेका रोहितको साथबाट भारतीय रुपैयाँ २ हजार दरका नोट २ सय थान ४ लाख गरी जम्मा ३१ लाख ८० हजार रुपैयाँ बरामद गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा चेकजाँचका क्रममा उनीहरुलाई अबैध भारतीय रुपैयाँ सहित पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । पक्राउ परेका व्यत्ति सहित बरामद रकम र मोटरसाईकल आवश्यक कारवाहीको लागि अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीको भनाइ छ । प्रहरीले गत जेठ ५ पनि गते पनि अवैध भारतीय रुपैयाँ १२ लाख ७ हजार ५ सय सहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्