बुधबारबाट करिअर क्विज प्रसारण सुरु «

बुधबारबाट करिअर क्विज प्रसारण सुरु

विद्यालय तहका विद्यार्थीहरूबीच लोकप्रीय रहेको टेलिभिजन क्विज सो करिअर क्विजको आठौं सिजन प्रसारण सुरु भएको छ । क्विज निर्माता संस्था मिटिङ प्वाइन्टका अनुसार बुधबार बेलुकी ९ बजेबाट हरेक साता एपीवान टेलिभिजनमा करिअर क्विज प्रसारण हुन लागेको हो । सन् २०१० देखि प्रसारण हुँदै आएको करिअर क्विज कार्यक्रम विद्यालयतहका विद्यार्थीहरूको अतिरिक्त क्षमता विकास र बौद्धिक प्रतिस्पर्धात्मक संस्कृति निर्माणमा आधारित छ । करिअर क्विजका कार्यकारी निर्देशक बिनय खकुराल ‘क्विजमा सहभागी विद्यार्थीहरूलाई विभिन्न बिधाको छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिने’ बताउँछन् । खकुुरालका अनुसार क्विजले विद्यार्थीहरूलाई तत्काल लाभसँगसँगै दीर्घकालीन करिअर निर्माणमा समेत सहयोग पु¥याउँछ । कार्यक्रम करिअर क्विजमा हरेक वर्ष पाँच सयभन्दा बढी विद्यालयहरू प्रत्यक्षरुपमा सहभागी हुन्छन् भने ५० हजारभन्दा बढी विद्यार्थीको प्रत्यक्ष सहभागित रहन्छ । मिटिङ प्वाइन्ट प्रालिका प्रवन्ध निर्देशक सुरेश सिम्खडाका अनुसार आठौं सिजनको क्विजमा उपत्यका बाहिरका स्कुल तथा विद्यार्थीहरूको पनि सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्