रियल स्कुल अफ नेपाल–२०१८ «

रियल स्कुल अफ नेपाल–२०१८

रियल स्कुल अफ नेपाल–२०१८ अन्तर्गत पहिलो क्षेत्रीय फाइनल पूर्वाञ्चलको बिर्तामोडमा बुधबार सम्पन्न गरिसकेका छौं । यस प्रतियोगिताबाट विजयी विद्यालय टावर टेम्पल सेकेन्डरी स्कुल घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थीहरू सवल खड्का, संस्कार बस्नेत, फन्जङ लिम्बु, सबिना रनपहैली, टीका हाङ् लिम्बु र सुजन बिके हुन् । यी विजयी विद्यार्थीहरूले काठमाडौंमा सम्पन्न हुने रियल स्कुल अफ नेपाल–२०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने कम्पनीले बताएको छ । त्यस्तै सिनियर समूहको क्रियाकलापहरूको विजेताहरूमा एक्सटेम्पोर: रोश्नी कार्की, सूर्योदय इंग्लिस बोर्डिङ स्कुल, डान्स:आर्देन हाङ लिम्बू, लिटल फ्लावर इंग्लिस स्कुल तथा फुटबल जगलिङ : निशान निरौला, लक्ष्मी सेकेन्डरी स्कुल भए भने जुनियर समूहबाट पेन्टिङ : नशेस सव, सर्भोदय इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुल, (थ्री) ३ मिनेट टु फेम : अंकित राई, पशुपती इंग्लिस सेकेन्डरी स्कुल तथा स्कोर द रियल गोल: सुमन खडरीया, बाल्मीकी एडुकेसन फाउन्डेसन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्