गरिमा दम्पती बचत खाता योजना

गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले यो बचत योजना सूरु गरेका हुन् । प्रदेश नं. १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा यो बचत योजना सार्वजनिक गरिएको बताइएको छ ।
बैंकमा गरिमा दम्पती बचत खाता खोल्ने ग्राहकहरुले वार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । यो खाता खोल्ने ग्राहकले बैंकको एटीएम कार्ड, मोबाईल बैंकिङ सुविधा, सी–आस्बा सुविधा र एबीबीएस सुविधासमेत निःशुल्क रूपमा प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।