Logo

सामसङले ल्यायो ग्यालेक्सी ट्याब ए २०१७

सामसङले ट्याव ए २०१७ नेपालीबजारमा प्रस्तुत गरेको छ, जुन मनोरञ्जनका लागि उत्कृष्ट बन्ने भन्दै ग्यालेक्सी ट्याब ए २०१७ पूर्णरूपमा इन्टरटेनमेन्ट डिभाइस भएको जनएको छ । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा तपाईंको इन्टरटेनमेन्टका लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्छ । यो आफैंमा एक इन्टरटेनमेन्टको पावर हाउस हो, ग्यालेक्सी ट्याव ए २०१७ मा शानदाश ८ इन्चको ४८० निट ब्राइट डिस्प्ले छ जसले गर्दा बाहिर घाममा पनि सहजै रूपमा देख्न सकिन्छ । लामो समयसम्म चल्ने ५००० एमएएच ब्याट्री जसले मल्टी मिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । ग्यालेक्सी ट्याव ए २०१७ मा सामसङको उत्कृष्ट फिचर बिक्सबीहोम पनि समावेश गरिएको छ, जसबाट उपभोक्ताहरूले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनि कुरा सहजै खोज्न सक्नुहुनेछ । बिक्सबीले तपाईंको रुटिन जान्दछ, र तपाईंलाई आवश्यक भएको कन्टेन्ट तत्काल उपलब्ध गराउँछ । यसको प्रयोगबाट तपाईंको समय र स्थानको आधारमा तपाईंलाई के चाहिएको छ त्यो कुरा पनि यसले आफैं पहिचान गर्छ, यसरी तपाईंले यो डिभाइसको पूरा उपयोग गर्न सक्ने बताए । सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले कम्पनीले उपभोक्ताद्वारा प्राप्त भएको कैयौं फिडब्याकहरूलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरूका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रित रहेको बताए । ग्यालेक्सी ट्याब ए २०१७ नेपाली बजारमा २८ हजार ९ सय ९० माउपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्