Logo

योङ्ग लिभिङ्ग फाउण्डेसनले भौतिक निर्माणमा १० करोड सहयोग गर्ने

अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था योङ्ग लिभिङ्ग फाउण्डेसनले तनहुँ जिल्लास्थित विभिन्न क्षेत्रको भौतिक निर्माणका लागि सहयोग गर्ने भएको छ । फाउण्डेशनले विभिन्न विद्यालय, आमा समूह, सहकारी लगायतका सामाजिक संघसंस्थाको भौतिक निर्माणमा करिब १० करोड आर्थिक सहयोग गर्ने भएको छ ।
योङ्ग लिभिङ्ग फाउण्डेसनका कार्यकारी निर्देशक ग्रेग लार्सेनका अनुसार शुक्लागण्डकी नगरपालिकास्थित नवज्योति सामुदायिक आमा समूह, खैरेनीटार महिला विकास सहकारी संस्था, गाउँफर्कोदय माध्यमिक विद्यालय, सरस्वती नमुना माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, पञ्चमुनीदेव माध्यमिक विद्यालय, आधारभूत माध्यमिक विद्यालय, छब्दी माध्यमिक विद्यालय, शुक्ला आधारभूत विद्यालय, तालवेशी माध्यमिक विद्यालय, खैरेनी माध्यमिक विद्यालय, मस्र्याङ्दी सामुदायिक आधारभूत विद्या मन्दिर, आँबुखैरेनी गाउँपालिकास्थित चन्द्रोदय आधारभूत विद्यालय, बन्दिपुर गाउँपालिका–५ स्थित मित्रता माध्यमिक विद्यालय, आँबुखैरेनी गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालय, बन्दिपुर गाउँपालिका–१ स्थित महेन्द्र माध्यमिक विद्यालय, म्याग्दे गाउँपालिका–१ स्थित राधा माध्यमिक विद्यालयको भौतिक निर्माणका लागि सहयोग रहनेछ ।
प्रदेश नम्बर ४ की सांसद एवं पूर्वमन्त्री आशा कोइरालाको अनुरोध तथा पहलमा आफूहरुले उक्त सहयोग गर्न लागेको लार्सेनले जानकारी दिए । ग्रेग लार्सेनले योङ्ग लिभिङ्ग ईसेन्सियल वेल र संसारभरि रहेका आफ्ना सदस्यहरु मार्फत रकम संकलन गरेको र सडकबाट नजिक तथा अति आवश्यक भएका विद्यालयहरुमा करिब दुई महिनामा कामको थालनी गरि दुई बर्षभित्र योजना सम्पन्न गर्ने बताए ।
प्रदेश नम्बर ४ की प्रदेशसभा सदस्य आशा कोईरालाले आफू महिला तथा बालबालिका मन्त्री हुँदा योग लिभिङ्ग फाउण्डेसनलाई गरेको अनुरोधले साकार रुप लिन लागेको बताइन् ।
योङ्ग लिभिङ्ग फाउण्डेसनले नेपालमा भूईचालो गएपछि दोलखा जिल्लाको मैनापोखरीमा फामस भन्ने गैह्र सरकारी संस्थासँग सहकार्य गरी ९९ वटा घर निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्