अन्ततः पोखरामा नो भईकल जोन स्थानियको दाबाबमा हट्यो «
Logo

अन्ततः पोखरामा नो भईकल जोन स्थानियको दाबाबमा हट्यो

पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको लेकसाईडमा संचालन भएको सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) व्यवसायीको दबाब पछि अन्ततः हटेको छ। आज (बुधबार) पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा बसेको एक छलफलमा स्थानिय व्यवसायीहरुले उक्त कार्यक्रम प्रभावकारी नभएको हुदा आफुहरु र पर्यटकहरुले सास्ती भोग्नु परेको भन्दै बिरोध जनाए पछि उक्त कार्यक्रम हटेको स्थानिय व्यावसायी घनश्याँम वोगटीले बताए ।
दुई दिन अघि आगामी सुक्रबार देखि उक्त कार्यक्रम हटाउन स्थानिय व्यवसायीले चेतावनी दिए पछि पुनः दोश्रो चरणमा आज बसेको छलफलबाटै उक्त कार्यक्रम हटाउने बिषयमा स्थानियले बिरोध जनाए पछि उक्त कार्यक्रमको अगुवाई गरेको वडा कार्यालय पछि हटेको वोगटीले जनाए । सुरुवातबाटै विना तयारी संचालन नगर्न आग्रह गर्दा गर्दै केहि व्यक्तिहरुको राय सल्लाहबाट संचालन भएकोले हाल उक्त कार्यक्रमबाट आफ्नो व्यवसाय नै धरापमा पर्न थाले पछि आफुहरु हाल संठगित हुदै उक्त कार्यक्रमको बिरोध गर्नु परेको आईस ल्याण्ड होटलका संचालक समेत रहेका वोगटीले जनाए ।
पोखरा लेकसाईडको मिरा गल्लीमा निकास नभएको हुदा स्थानियहरुसंगको समन्वय विना, कुनै प्रभावकारी कार्यक्रम विना संचालन भएको नो भेईकल जोन कार्यक्रमले आफुहरु प्रभावित भएको स्थानियले गुनासो गर्दै आएका थिए । पोखराको हल्लनचोक देखि बाराहीचोकसम्म करिब एक मिलोमिटर क्षेत्रमा सुक्रबार र शनिबार वुलेका ५ बजे देखि राति एक बजेसम्म उक्त कार्यक्रम संचालन भएको थियो ।
विगत ७ बर्ष अघि करिब ६ महिना संचालन भएसंगै स्थानियको बिरोध पछि पुर्ण रुपमा बन्द रहेको नो भईकल जोन पोखराको लेकसाईडमा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको समन्वयमा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को आयोजनामा, पोखरा पर्यटन परिषद सहितका पर्यटन संवद्ध संघ संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्