कनेक्ट आईपीएस ई–पेमेन्ट विस्तार हुँदै «

कनेक्ट आईपीएस ई–पेमेन्ट विस्तार हुँदै

 नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीबाट बैंक वित्तीय संस्थाका ग्राहकहरूले अनलाइन माध्यममार्फत आफ्नो बैंक खाताबाट सिधै कुनै पनि प्रकारको भुक्तानी कारोबारहरू गर्न सक्ने प्रणाली कार्यान्वयनको सिलसिलामा वैशाख १२ देखि प्रारम्भिक रूपमा सुरु गरिएको छ ।
नेपाल सरकारको राजस्व भुक्तानी ठमेल करदाता कार्यालयमा बुझाउने १ लाख रुपैयाँसम्मको कर सोही वेबसाइटमा उपलब्ध कनेक्ट आईपीएस ई–पेमेन्ट सिष्टममार्फत विद्युतीय भुक्तानी हुँदै आएकोमा अन्य कार्यालय एवं विभागका वेबसाइटहरूमा समेत परीक्षण सुरु गरिएको क्लियरिङ हाउसले जनाएको छ । चरणबद्ध रूपमा यसलाई थप विस्तार गरी सरकारले आगामी आर्थिक वर्षका लागि लिएको राजस्व संकलन र भुक्तानीहरू पूर्णरूपमा विद्युतीय माध्यमबाट गर्न प्रमुख भूमिका निर्वाह गर्ने देखिएको छ ।
कम्पनीले हाल कनेक्ट आईपीएसमा एनएमबी बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक, एभरेस्ट बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, मुक्तिनाथ विकास बैंक, ग्लोबल आईएमई बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकलगायतका १० वटा बैंकहरू आबद्ध भइसकेको पनि जनाएको छ । यस्तै, भने अन्य १० बैंक वित्तीय संस्थाहरूसँग सम्झौता भई परीक्षणको क्रममा रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्