तनहुँको फुस्रेटारमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर «

तनहुँको फुस्रेटारमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आईएमई बैंकले सोमबारदेखि तनहुँ जिल्लाको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको जनाएको छ । भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियवासीको विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउन्टर सुरु गरेको भन्दै ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले १ सय २९ शाखा, १ सय ३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ८७ शाखा रहित बैंकिङ सेवा, ३ प्रतिनिधि/सम्र्पक कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्