पाँच वर्षभित्र ११ नयाँ मोडेलका जिप आउँदै «

पाँच वर्षभित्र ११ नयाँ मोडेलका जिप आउँदै

अबदेखि जिपका हरेक मोडेलको ‘एक्स्ट्रिम भेरियन्ट हुनेछ । सबै ट्रायल–रेटेड भर्सनलाई ‘ट्रायल हक’ र पर्फर्मेन्सकेन्द्रित मोडेललाई ‘ट्रयाक हक’ भनिनेछ भने बलौटे सडकमा उच्च गतिले गुडाउन डिजाइन गरिएको नयाँ सिरिजलाई ‘डिजर्ट हक’ नामकरण गरिनेछ ।

जिपले आफ्नो ‘गो एनीह्वेर’ थिमलाई आक्रामक बनाउँदै आउँदो चार वर्षमा आफ्नो लाइनअपमा थप ११ वटा मोडेल ल्याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । जिपको माउ कम्पनी फियट क्रिस्लर अटोमोबाइल्सको वार्षिक सभामा जिपका कार्यकारी निर्देशक माइक मान्लले जिपको पाँच वर्षे योजना प्रस्तुत गरेका हुन्, जसमा प्लग–इन हाइब्रिडसहित ११ वटा मोडेल छन् ।
नयाँ मोडेलमध्ये भारतमा सबैभन्दा बढी चर्चा ‘बेबी जिप’ भएको छ, जुन अहिलेको रेनेगेडभन्दा पनि सानो हुनेछ । साथै, जिपले रेंगलरको हाइरेन्ज ल्याउने तथा वागनर र ग्रयान्ड वागरन नेमप्लेटलाई पुनर्जन्म दिनेछ ।
आफ्ना अधिकांश भावी मोडेल अफ–रोड क्षमताका हुने भए पनि जिपले सहरी सडकको सदाबहार अर्बान एसयूभी पनि बजारमा उतार्नेछ, जसमा सुधारिएको फ्युल कन्जुम्प्सन, ड्राइभिङ डाइनामिक्स र कनेक्टिभिटी जस्ता विशेषता हुनेछन् ।
जिपले कल्पना गरेको हालसम्मकै सानो एसयुभीले ‘जिपस्टर’ ब्याज पाउन सक्छ । सार्वजनिक हुनुभन्दा केही समयअघि मात्र रेनेगेडले आफ्नो अहिलेको नाम पाएको थियो । त्यसअघि यसको नाम ‘जिपस्टर’ राख्ने भनिएको थियो । यो सानो एसयुभी भारतबाट उत्पादन हुनेछ र यसको लक्षित बजार चीन र भारतजस्तो ठूलो जनसंख्या भएको क्षेत्र हुनेछ । यो मोडेलमा प्लग–इन हाइब्रिड पावरट्रेनको अप्सन समेत हुनेछ ।
‘जिपस्टर’को जन्मसँगै रेनेगेडले आफ्नो ‘प्रिमियम प्राइसट्याग’ निरन्तरता दिन सक्नेछ । युरोप र अन्य विकासशिल मुलुकको कडा उत्सर्जन नियमलाई मिल्ने गरी जिपले प्लग–इन र पूर्ण रुपमा इलेक्ट्रिक मोडेल पनि ल्याउने योजना बनाएको छ ।
त्यसैगरी, यसै वर्षको सुरुमा अस्ट्रेलियाली सोरुममा आइपुगेको कम्प्याक्ट कम्पास सन् २०२२ सम्ममा चेरोकी जस्तै अहिले ठूलो हुनेछ । जिपले चरोकीकै लाइनमा थप तीन वटा एसयूभी ल्याउने संकेत दिएको छ, तर तिनीहरुको उचाइ अलि कम र सहरकेन्द्रित हुनेछ ।
योजनाअनुसार ग्रयान्ड चेरोकीको नयाँ पुस्तामा पहिले झैं पाँच वटा सिट हुनेछ तर त्यस्तै आकारको सात सिट क्षमताको वागन पनि ल्याइनेछ । साथै, जिपले युरोपेली विलासी ब्रान्ड मर्सिडिज बेन्ज, बीएमडब्लु र अडीलाई चुनौती दिन हाइरेन्जको वागनर मोडेलको परिकल्पना गरेको छ । त्यसो त जिपको भातृ ब्रान्ड अल्फा रोमियो र माजाराटीले पनि त्यहि सेग्मेन्टको कार बनाउने घोषणा गरिसकेको छ ।
अबदेखि जिपका हरेक मोडेलको ‘एक्स्ट्रिम भेरियन्ट हुनेछ जसलाई ‘हक’ ब्याज दिइनेछ । सबै ट्रायल –रेटेड भर्सनलाई ‘ट्रायल हक’ र पर्फमेन्सकेन्द्रित मोडेललाई ‘ट्रयाक हक’ भनिनेछ भने बलौटे सडकमा उच्च गतिले गुडाउन डिजाइन गरिएको नयाँ सिरिजलाई ‘डिजर्ट हक’ नामकरण गरिनेछ ।
यीमध्ये पहिलो गाडी चेरोकी हुनेछ जुन सन् २०१९ को सुरुमा लन्च गरिनेछ । बलौटे सडकमा गुडाउन यसमा आठ वटा विशेष इन्जिनियरिङ मापदण्ड विकास गरिएका छन् । यसमा उच्च क्षमताको ‘कुलिङ इलेमेन्ट’, बलियो सस्पेन्सन र ¥याली डिजाइनको ह्विल र टायर हुने अनुमान छ ।
लाइनअपमा नयाँ मोडेलको घोषणासँगै जिपले ‘जिप वेभ’ नामको नयाँ कनेक्टेड मोबिलिटी सर्भिस पनि ल्याउने भएको जसको उद्देश्य अफरोडका पारखीहरुलाई एकताबद्ध गराउनु हो । रेंगलर र ‘हक’का मालिकहरुले गाडीको खरिदमा प्वाइन्टहरु पाउनेछन् जसबाट उनीहरु गाडी एकअर्कासँग सेयरिङ गर्न सक्नेछन् । यो एप्लिकेसनबाट उनीहरुले स्पोट्स म्याच, मुभीको टिकेटसमेत किन्न सक्नेछन् ।
जिप ब्रान्डले मात्र होइन, पिकअप पनि विकास गर्ने म्यानलेले जानकारी दिए । यी ट्रकले फोर्डको चर्चित मोडेल एफ–१५० ¥याप्टरलाई चुनौती दिनेछ । उनले सन् २०२२ सम्ममा मिडसाइज सवारी निर्माण गर्ने बताए । यी गाडी फोर्डको रेन्जर र टोयटाको हाइलक्सको समकक्षी हुने अनुमान गरिएको छ ।
भारतमा जिप कम्पासको सफलतापछि कम्पनीले भारतीय बजारमा सप–फोर मिटर एसयूभी र थ्रीरो मिड साइज एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ । उपभोक्ताको आवश्कता पूर्तिका लागि नयाँ मोडल बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । क्रिस्लर जिपले ल्याउने सवफोर मिटर एसयूभीले मारुती सुजुकी भिटारा ब्रेजा र फोर्ड इकोस्पोर्टस् संग प्रतिस्पर्धा गर्नेछ भने थ्रीरो एसयुभीले जिप कम्पासका साथै टोयोटाको फर्चुनर र फोर्डको इन्डेभरसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ मोडल भने २०२०–२१ को अन्त्यतिर मात्र गर्ने फियाट क्रिस्लरले जनाएको छ । बजारको अवस्था कायम राखिरहन कम्पनीले त्यो बेलासम्ममा हालको कम्पास एसयुभीका विभिन्न भेरियन्ट बजारमा ल्याउने जनाएको छ । कम्पनीले जिप कम्पास भारतीय बजारमा मात्र २३ हजारभन्दा बढी बिक्री गरिसकेको छ । त्यस्तै सार्वजनिक भएयता अस्ट्रेलिया, युके, जापान, सिंगापुरलयात मुलुकमा ८ हजार वटा भन्दा बढी निर्यात गरिसकेको छ ।
जिप कम्पास नेपाली बजारमा समेत आउने अन्तिम तयारीमा रहेको छ । कम्पनीले छोटो अवधिमै करिब ७ सय मिलियन अमेरिकी डलर आम्दानी गरिसकेको छ । यो कम्पनीले सवारी उत्पादनका लागि गरेको लगानीको तुलनामा दोब्बरभन्दा धेरै हो । फियाट क्रिस्लरले भारतीय बजारमा सवारीको भविष्य जिपसँग जोडिएको जनाएको छ । कम्पनीले मास मार्केटभन्दा लक्षित बजारलाई बढी केन्द्रीत गर्ने नीतिसमेत लिएको छ । गत फेब्रुअरीमा फियाट क्रिस्लरले बनाएको योजनामा दायाँ हाते ड्राइभ प्रणाली भएको देशमा निर्यातका लागि भारतलाई आधार बनाउने उल्लेख गरेको थियो ।
पुने बाहिर रहेको रंजगांवमा टाटा मोटर्ससँगको सहकार्यमा फियाट इन्डिया अटोमोबाइलले दायाँ हाते ड्राइभ गाडीको हबको रूपमा विकास गर्दैछ । कम्पनीका अनुसार २०१७ को अन्त्यसम्ममा उक्त प्लान्टको क्षमता १.५ गुणाले वृद्धि भएको छ ।
भारतीय बजारमा एसयूभीको हिस्सा बढ्दै जाने निश्चित छ । तर भारतको आन्तरिक बजारमा भने सवफोर मिटर एसयूभीकै दबदबा रहने फियाट क्रिस्लर अटोमोबाइलको बुझाइ छ । २०२२ सम्ममा भारतमा एसयूभीको बजार दोब्बरले वृद्धि भइ १.६ मिलियन युनिट पुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्