अब विमान पनि विद्युतीय «

अब विमान पनि विद्युतीय

एयरबस, रोल्स रोयस र सिमेनले आगामी २०२० सम्ममा आंशिक रूपमा विद्युतीय उर्जाबाट चल्ने व्यापारिक प्रयोजनको विमानको परिक्षण गर्ने जनाएका छन् । १ सय ४६ सिटे बीएई क्षेत्रीय विमानलाई सुधार गरेर १ सय सिटको विद्युतीय विमान निर्माण गर्न लागिएको हो । यो आयोजनालाई ई–फ्यान एक्स नामाकरण गरिएको छ ।
समान विद्युतीय प्रविधिको विमान चाडोमा आगामी २०२५ सम्ममा तयार हुने विश्वास तीन कम्पनीहरूले लिएका छन् । यी कम्पनीहरले २ मेगावटको विद्युतीय मोटरको प्रयोग गरेर आफ्नो कामको थालनी गर्ने बताएका छन् । परिक्षण सफल भएमा इन्धनबाट चल्ने इन्जिनलाइ विद्युतीय मोटरबाट विस्थापित गर्ने बताइएको छ ।
“ई–फ्यान एक्स आफ्नो विद्युतीय उडानको लक्ष्यका लागि अर्को महत्वपूर्ण कदम हो । यो निकट भविष्यमै आउने छ,” एयरबसका प्रमुख प्रविधि अधिकृत पाउल इरेमेन्कोले बताए । प्रत्येक कम्पनीले उत्पादनको पृथक पक्षलाई नियाल्ने छन् ।
उडान नियन्त्रणको मामिलामा इन्जिनलाई एकिकृत गर्न एयरबस जिम्मेवार हुने छ । रोल्स रोयसले टर्बो साफ्ट इन्जिनको विकास गर्नेछ । यो दुई मेगावाटको जेनेरेटर र र उर्जा विद्युतीय हुने छ । सिमेन्सले उर्जा वितरणको नेटवर्क उपलव्ध गराउने छ । विद्युतीय विमानको विकासमा यी तीन युरोपेली कम्पनी मात्रै लागेका छैनन् ।
प्रमुख युरोपेली विमान सेवा कम्पनी इजि जेटले सेप्टेम्बरमै पुरै विद्युतीय विमानको निर्माणका लागि अमेरिकी स्टार्ट अप इलेक्ट्रिक सँग मिलेर काम गरिरहेको छ । बोइङ र ब्लूजेटले पनि यो विषयमा मिलेर काम गरिरहेका छन् । उनीहरूले विमानले २०२२ देखि उडान सुरु गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्