स्मार्टवाच भर्सेस स्मार्टवाच ब्यान्ड

एप्पल, गुगल, सामसङ, पेबल र अन्य दर्जनौ कम्पनीहरूको सक्दो प्रयासका बावजुद स्मार्टवाचको कल्पना माथि उठ्न सकेको छैन । एउटा स्मार्टवाचलाई नाडी घडीको रूपमा बदल्ने कुरा वास्तविक उद्देश्य होइन । यदी ब्याट्रीको आयु, संयन्त्रको आ कार र डेभलपरेको सहयोगमा सन्तुलन कायम गर्न सकियो भने मानिसहरू नोटिफिकेसनमा मात्रै चासो राख्दैनन । उनीहरू आफूले नाडीमा लगाएको घडीबाट फिटनेस ट्रयाकिङ पनि खोज्नेछन् ।
हाल हाइब्रिड खालको स्मार्टवाच आउन थालेको छ । यसल परम्परागत टचस्क्रीन स्मार्टवाचलाई हाइब्रिड खालको स्मार्टवाचमा बदल्ने छ । फ्रेडपरिक कन्सट्यान्ट होरोलोजिकल स्मार्टवाच, मिस्टफिट फेज तथा स्काजेन हेगेन कनेक्टेड जस्ता उत्पाद यो वृत्तको राम्रो नमुना हुन् ।
यी वाचहरू भद्दा, छोटो अवधिको टचस्क्रीन मोडलको तुलनामा बढी प्रयोगकर्ता मैत्री देखिएको छ । यी फोनले घडीको रूपमा मात्रै काम गर्नेको तुलनामा बढी काम गर्छ । त्यसैले स्मार्टवाच ब्यान्डको भविष्य उज्वल छ ।
वाचफेसमा प्रविधिको कम्पोनेन्टको प्रयासको सट्टा कम्पनीले फरक क्षेत्रमा आफ्नो ध्यान दिनु आवश्यक छ । जस्तै वाच राख्ने स्ट्राप । हामीले यसमा पहिलेनै केही प्रयास भएको पाएका छौ । मोन्टब्ल्याङक ई–स्ट्रापले दुवै क्षेत्रमा पुरै स्क्रीनका साथ प्रयास गरेको छ । हालसालै मात्र क्राउडफन्डेड स्मार्ट बकलले स्तरिय वाच ब्यान्डको बकलमा पुरै फिटनेस ट्रयाकर राखेको छ ।
प्रविधिलाई बकल तथा ब्यान्डमा एकिकृत गर्नुको फाइदा पनि सामान्य छ । यसले घडी निर्माताहरूलाई उत्तम घडी निर्माणमा केन्द्रीत बनाउन सहयोग गर्छ । यसले घडीलाई महत्वपूर्ण समय सूचक बनाउने छ । घडीलाई लामो समयसम्म विश्वव्यापी समय सूचकको रूपमा प्रयोग गरिदै आएको छ । चाहे यो १५ डलरको टाइमेक्स होस् वा १५ हजार डलरको रोलेक्स ।
हाल कुनै पनि स्मार्ट स्ट्रापले प्रोपाइटरी सिस्टमको प्रयोग गरेको छ । तर कसैलाई बजारमा आफ्नो जीतका लागि विशाल अवसर पनि छ । गुगलले एन्ड्रोइड वेयरलाई सामान्य फिटनेस ट्रयाकिङमा परिवर्तन गरेको छ । गुगलले आफ्नो स्मार्टवाचलाई नोटिफिकेसन स्ट्राप सिस्टममा पनि परिवर्तन गरेको छ । हाल जो कोहीले पनि एन्ड्रोइड तथा आईओएस सिस्टमलाई आफ्नो नाडीमा बाध्न सक्ने अवस्थाको सिर्जना भएको छ । उनीहरूले कुनै नाडीघडीका साथ काम गर्न सक्ने अवस्थाको सिर्जना भएको छ ।
स्वीस घडी उद्योग महासंघले गत वर्ष सालाखाला १.२ अर्ब घडी बिक्री गरेको अनुमान गरेको छ । यो मध्ये २ करोड ५४ लाख स्वीस घडीहरू परेका छन् । स्मार्टवाचका लागि सम्भावित बजार अझै ठूलो रहेको छ । गत वर्ष सालाखाला २ करोड ११ लाख थान स्मार्टवाच बिक्री भएको थियो ।
एउटा उत्पादनको रूपमा घडी किन्नु तार्किक होइन । सेलफोनले समयको बताउने संयन्त्रको रूपमा काम गर्दै आएको छ । धेरै मानिसहरूले समय हेर्नका लागि नाडी घडी लगाउनुको सट्टा सेलफोननै प्रयोग गर्न थालेका छन् । फोनले बहुमूल्य घडीको तुलनामा राम्रोसँग समयको बारेमा बताउने गर्छ ।
घडीका पारखीहरू समय बताउने साधनको रूपमा घडी किन्ने गर्छन् । उनीहरू केही स्वरूपाका लागि यसको खरिद गर्दै आएका छन् । कसैले पनि पुरानो अर्थात एनालग वाचका लागि खर्च गर्दैनन् । स्मार्ट स्ट्राप प्रणालीले एनालग र स्मार्टवाच दुवैका लागि सहयोग गर्छ । यसले घडीका पारखीहरूलाई पनि आफ्नो इच्छा अनुसारको घडी किन्नका लागि सहयोग गर्छ ।
स्मार्ट बकलजस्ता उत्पादनहरू आगामी समयका लागि राम्रो कदम हुन सक्छ । कोही राम्रो घडी लगाउनुे र स्मार्टवाच लगाउने सोचमा छन् उनीहरूका लागि पनि स्मार्ट बकल राम्रो विकल्प हुन सक्छ । यो अवस्थामा भावि प्रयासले पनि यो प्रवृत्तीलाई निरन्तरता दिन सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
(एजेन्सीको सहयोगमा)