निर्माण सामग्री अभाव : महासंघ «

निर्माण सामग्री अभाव : महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागका नवनियुक्त महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठलाई भेटी निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सामग्री अभावका बारेमा ध्यानाकर्षण गराएको छ ।
महासंघको एक प्रतिनिधिमण्डलले आइतबार सडक विभागका नवनियुक्त महानिर्देशक श्रेष्ठलाई भेटी निर्माण व्यवसायीका विद्यमान समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । प्रतिनिधिमण्डलले भूकम्प तथा नाकाबन्दीका कारण प्रभावित आयोजनाको म्याद एक वर्ष थप गर्ने भनिए पनि हालसम्म थप नभएको भन्दै म्याद थप हुन सके देश भर सञ्चालनमा रहेका अधिकांश निर्माण आयोजनाको काम समयमै सम्पन्न हुने जानकारी गराएको छ ।
महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले व्यवसायीहरूको मागअनुसार सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्ने भन्दै प्रतिनिधिमण्डलले सरकारी निकायबाट आह्वान हुने जुनसुकै बोलपत्रमा पनि अनिवार्य मूल्य समायोजनको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्