Logo

ग्रामीण पर्यटन प्रवद्र्धनले आर्थिक विकासमा सहयोग गर्छ

ग्रामीण स्तरमा पर्यटन प्रवद्र्धन गर्दा स्वरोजगार सिर्जना भई आर्थिक विकासमा सहयोग पुग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेलले बताए । आर्थिक रूपमा सवल भएका र मनोरन्जन लिन चाहने आन्तरिक वा बाह्य मानिसहरुको आगमनलाई संस्कृति अनुसारको स्वागत सत्कारले आर्कषित गर्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ । राज्यले २०२० मा १० लाख पर्यटन भिœयाउने लक्ष्य राखेकाले धादिङ राजधानीसँग जोडिएकाले पर्यटन महत्वपूर्ण गन्तव्य बनाउन सम्भावना रहेकोले योजनाबद्ध रूपमा लाग्नुपर्ने क्यानोनिङ गाइड तालिमका उपाध्यक्ष डा. कँडेललेल बताए ।
थाक्रे गाउँपालिका पर्यटनको सम्भावना बोकेको गाउँपालिका भएकाले आफ्नो तर्फबाट महत्वपूर्ण सहयोग गर्ने माननीय सांसद भूमिप्रसाद त्रिपाठीले बताए । नेपाल पर्यटन बोर्ड र थाक्रे गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल क्यानोनिङ एसोसिएसनको आयोजना क्यानोनिङ गाइड तालिम थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आर्चायले पर्यटन प्रवद्र्धन गाउँपालिकाको प्राथमिकतामा रहेको बताए । सम्भावना हेरेर भौतिक पूर्वाधार निमार्ण गर्नेसमेत बताए । नेपाल पर्यटन बोर्डका काम नै पर्यटन प्रवद्र्धनमा सहजीकरण गर्ने भएकाले पूर्ण सहयोग रहेने सदस्य पूर्वबहादुर कुँवरले बताए ।
पर्यटन क्षेत्रमा १० वर्ष अघिबाट संस्थागत रूपमा क्यानोनिङ विधा थप गरी यस वर्ष चौथो क्यानोनिङ महत्सव गर्ने राजेश लामाले बताए । आफूले फ्रान्समा गएर न्यानोनिङ गाइड तालिम गरेको हाल २० जना गाइड तयार भइसकेको छ । यहाँ सञ्चालन भएको तालिममा २१ जना सहभागी छन् । १९९७ बाट नेपालमा सुरु भएको यो विधा अहिले नेपालको पहाडी सबै जिल्लामा सम्भावना रहेको लामाले बताए । नेपालमा ४ वटा कम्पनीले वार्षिक १ हजार ५ सय जनासम्मलाई सेवा बिक्री गर्दै आएको छ । पछिल्ला वर्षहरुमा क्यानोनिङ विधामा आकर्षण बढ्दो छ । क्यानोनिङ गर्नु पूर्वप्रेसर जाँच गरिन्छ । स्वस्थ्य र सहासीले सहज रूपमा क्यानोनिङ गर्न सक्छ । क्यानोनिङ गर्न ३ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्ममा गर्न गराउन सकिने भएकाले आन्तरिक पर्यटकहरुले पनि गर्न सक्ने लामाले बताए । थाक्रे गाउँपालिका–६ रानीबारीको फेदीमा रहेको रानी झरनामा यही जेठ २५ र २६ गते क्यानोनिङ महत्सव हुने आयोजकहहरुले बताए ।

 

प्रतिक्रिया दिनुहोस्