सहिद परिवारलाई प्रदेश सरकारको जागिर «

सहिद परिवारलाई प्रदेश सरकारको जागिर

जनकपुर- प्रदेश नम्बर २ को सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सहिद परिवारलाई रोजगारी दिएको छ । मधेश आन्दोलनमा सहिद भएका रामविवेक यादवकी धर्मपत्नी अनिलाकुमारी यादवलाई मुख्यमन्त्री लालबाबु राउतले मुख्य न्यायधिवक्ताको कार्यालयमा नियुक्ति दिएका हुन् ।
मुख्यमन्त्री राउतले सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेअनुसार नै महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी गाउँ बस्ने अनिला यादवलाई कार्यालय सहयोगी पदमा करारमा रोजगार दिइएको छ । आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेश मोर्चालगायतकाले गरेको चलुु जलेश्वर, भरु जलेश्वर कार्यक्रममा प्रहरीले कार्यक्रम विथोल्ने प्रयासस्वरुप प्रहरीले चलाएको बन्दुकको गोली लागि रामविवेक यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
यता पीडित परिवारले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीलगायतका विरुद्धमा मुद्दा दिएको छ । अदालतको आदेश प्रहरी कार्यालयले नमानेपछि दिएको अपहेलना मुद्दामा भने अदालतले प्रहरी कार्यालय महोत्तरी र सरकारी वकिलको कार्यालय महोत्तरी मिसिल झिकाउन आदेश दिएको छ ।
सहिद यादव तत्कालिन मातृका प्रसाद यादवको नेतृत्वमा रहेको नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको महोत्तरी जिल्ला अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्