Logo

नाट्टाद्वारा बजेटको स्वागत

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटको हार्दिक स्वागत गर्छ । सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दीर्घकालीन उद्देश्य अनुरूप १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको बजेटमध्ये पुँजीगत खर्चतर्पm २३ दसमलव ९ प्रतिशत छुट्याएको छ ।
आगामी ५ वर्षमा ८ प्रतिशत हाराहारीको आर्थिक वृद्धि दर र आगामी आवमा थप ५ लाख व्यक्ति रोजगारीमा आबद्ध हुने लक्षसहित निजी क्षेत्र विशेष गरी पर्यटन क्षेत्रमा आगामी आवमा प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभर कम्तीमा १ सयवटा नयाँ पर्यटकीय गन्तव्य स्थलको पहिचान गरी विकास तथा प्रवद्र्धन गर्न बजेट छुट्याइनु, हालको पर्यटनलाई बाह्रैमास चलयमान बनाउन भारत र चीन लक्षित पर्यटक प्रवद्र्धन कायक्रमहरू अघि बढाइने जस्ता कार्यक्रमहरू सकारात्मक छन् ।
यसैगरी पर्यटकीय सेवाको लागि आवश्यकीय पूर्वाधार निर्माण, नेपाललाई माइस टुरिजम केन्द्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास, पर्यटन विश्व विद्यालयको स्थापना, अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार–प्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगहरूको परिचालनलगायत सन् २०२० सम्ममा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भिœयाउने गरी भिजिट नेपाल २०२० अभियान सञ्चालन गर्ने जस्ता कार्यक्रमहरूको कार्यान्वयन पर्यटन क्षेत्रका लागि निश्चित रूपमा सुखद भविष्यको संकेत हुनसक्छ ।
बजेटले पहिलो पटक पर्यटन क्षेत्रलाई बजेटमार्पmत प्राथमिकतामा राख्नुका साथै पर्यटन तथा हवाई पूर्वाधारका लागि क्रमशः ५ अर्ब २० करोड ३४ लाख र १९ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । तथापि नेपाल वायुसेवा निगमको सबलीकरण, निर्माणाधीन वैकल्पिक अन्तर्राष्ट्रिय विमान स्थलहरूको समयमै समापन, क्षेत्रीय विमानस्थलहरूको स्तरोन्नति र बैकल्पिक आन्तरिक विमानस्थलको निर्माण एवं कतिपय सडक सञ्जालभित्र जोडिनु पर्ने पर्यटक गन्तव्य स्थलहरूको समयानुकूल निर्माण र विकास जस्ता पूर्वाधारहरू पर्यटन क्षेत्रका लागि चुनौती रहेको तथ्य हाम्रा अघि टड्कारो रूपमा छ ।

प्रतिक्रिया दिनुहोस्