कोरोना नियन्त्रणमा १२ अर्ब खर्च «

कोरोना नियन्त्रणमा १२ अर्ब खर्च

कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारमा लगभग १२ अर्ब रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ । संघ, प्रदेश, स्थानिय तह र विभिन्न अस्पतालले गरेको साउनसम्मको खर्च ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यासहित रक्षा, गृह, परराष्ट्र र सहरी विकास मन्त्रालयमार्फत रोकथाम, नियन्त्रण र उपचारमा सो रकम खर्च भएको जनाइएको छ ।
खर्चमध्ये स्वास्थ्य मन्त्रालयमार्फत २ खर्ब १७ करोड ३६ लाख ४० हजार, रक्षा मन्त्रालयमार्फत २ अर्ब ३७ करोड ४ लाख ६१ हजार भएको छ । यसैगरी गृह मन्त्रालयमार्फत २० करोड ८३ लाख २४ हजार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत ४ करोड ४९ लाख ७९ हजार, सहरी विकास मन्त्रालयमार्फत १ करोड २९ लाख र परराष्ट्र मन्त्रालयमार्फत ६ लाख ५० हजार खर्च भएको छ ।
कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी कार्यमा प्रयोग गरिने औषधि, उपकरण, उपचार सामग्रीको आपूर्ति, संक्रमित व्यक्तिको व्यवस्थापन गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणमा सो रकम खर्च भएको हो । यसमध्ये ६ मन्त्रालयले मात्र सो अवधिमा ४ अर्ब ८१ करोड ९ लाख ९६ हजार खर्च गरेका छन् । यसबाहेक कोभिड कोषबाट १ अर्ब ३ करोड ५९ लाख ९६ हजार सहित केन्द्रबाट ४४ हजार मात्र ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार खर्च भएको देखिन्छ ।
औषधिसहति स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन र अन्य गरी ४ अर्ब ८१ करोड ९ लाख ९८ हजार खर्च भएको छ ।
विगत ५ महिनामा औषधि तथा स्वास्थ्य सामग्रीका लागि १ अर्ब ७५ करोड ५२ लाख ४० हजार, स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार खर्च भएको थियो । जनशक्ति परिचालनमा ५ करोड ७४ लाख ४३ हजार, क्यारेन्टिनका लागि ४ करोड ६९ लाख ४६ हजार र अन्य शिर्षकमा १ करोड २४ लाख ७३ हजार रुपैया खर्च भएको थियो । यसमा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गरिएको रकम समावेश गरिएको छैन ।
यस बाहेक स्थानयि तहबाट स्रोत व्यवस्थापनमा हालसम्म ६ अर्ब २ करोड ८१ लाख १७ हजार खर्च भइसकेकोमा १ अर्ब ३५ करोड २० लाख ५९ हजार खर्च हुन बााकी रहेको छ । यसरी कोरोना नियन्त्रण, रोकथाम र उपचारमा संघ, प्रदेश र स्थानीय तहबाट स्रोत व्यवस्थापनका लागि हालसम्म १३ अर्ब घ्७ करोड ३१ लाख ५६ हजार रुपैया रहेको छ । यसरी १ अर्ब ४९ करोड ७० लाख ४६ हजार प्रदेश र स्थानिय तहका दोहोरो पर्न गएको छ । यसरी हेर्दा साउन महिनासम्म ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको देखिन्छ । प्रदेश सरकार मार्फत ७ वटा प्रदेशलाई १ खर्ब ४९ करोड ७० लाख ६५ हजार स्रोत व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्