एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुराउने व्यावसायिक सामाजिक उत्तरदायित्व पहलअन्तर्गत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको जनाएको छ ।
एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई प्रत्येक वर्ष एनसेल छात्रवृञ् िर सबभन्दा बढी अंक ल्याई यी संकायबाट स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।
बिहीबार एक समारोहकाबीच विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेको हो । १२ वटा शीर्षकअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उत्तीर्ण गरेका चार जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुराउँदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुराउन ५ वर्ष (२०७१–२०७५) का लागि उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन् भने गरी २० जना विद्यार्थी एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान बापत ८० लाख रुपैयाँ प्रदान गरेको छ ।
एनसेल छात्रवृत्ति स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय र तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर इन्जिनियरिङ संकायका प्रथम, द्वितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका ९ जना उत्कृष्ट विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट प्रथम, द्वितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका ३ जना छात्राले पाएका छन् ।
उत्कृष्टता सम्मानअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना गरी ३ जना र यी तिनै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो सम्मान पाएका छन् । प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि १ लाख रुपैयाँ छ ।