तनहुँलाई गत वर्षभन्दा ७२ करोड कम बजेट «

तनहुँलाई गत वर्षभन्दा ७२ करोड कम बजेट

सरकारले तनहुँका स्थानीय तहलाई गत आर्थिक वर्षको भन्दा कम बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक आव ०७५÷७६ को बजेट भाषणमा तनहुँका स्थानीय तहलाई गत वर्षको भन्दा ७२ करोड ३५ लाख ५४ हजार रुपैयाँ कम बजेट विनियोजन भएको हो ।
आव ०७५÷७६ का लागि तनहुँका १० स्थानीय तहलाई २ अर्ब ८७ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । आव ०७४÷७५ मा ३ अर्ब ५९ करोड ५५ लाख ५४ हजार रुपैयाँ विनियोजन भएको थियो । स्थानीय तहले खर्च नसकेपछि बजेट घटेर आएको हो ।
जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई वित्तीय समानीकरणतर्फ १ अर्ब ३ करोड ८६ लाख र सशर्त अनुदानतर्फ १ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको छ । व्यास नगरपालिकामा ६० करोड ७२ लाख रुपैयाँ विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणतर्फ १८ करोड ३८ लाख र सशर्त अनुदानतर्फ ४२ करोड ३४ लाख विनियोजन भएको छ ।
भानु नगरपालिकामा ४० करोड ८४ लाख रुपैयाँ विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणतर्फ १३ करोड ५८ लाख र सशर्त अनुदानतर्फ २७ करोड २६ लाख रुपैयाँ विनियोजन भएको छ ।
शुक्लागण्डकी नगरपालिकामा ३८ करोड १२ लाख विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणतर्फ १४ करोड ५ लाख र सशर्त अनुदानतर्फ २४ करोड ७ लाख विनियोजन भएको छ । भिमाद नगरपालिकामा २७ करोड ७९ लाख विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणतर्फ १० करोड ६१ लाख र सशर्त अनुदानतर्फ १७ करोड १८ लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै ऋषिङ गाउँपालिकामा २३ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणतर्फ ९ करोड ३३ लाख र सशर्त अनुदानतर्फ १४ करोड १३ लाख विनियोजन भएको छ । बन्दिपुर गाउँपालिकामा १९ करोड ६३ लाख विनियोजन भएकोमा वित्तीय समानीकरणतर्फ ७ करोड ५० लाख र सशर्त अनुदानतर्फ १२ करोड १३ लाख विनियोजन भएको छ ।
म्याग्दे गाउँपालिकामा १९ करोड ४७ लाख रुपैयाँ विनियोजन भएकोमा वित्तीय समानीकरणतर्फ ८ करोड २३ लाख र सशर्त अनुदानतर्फ ११ करोड २४ लाख विनियोजन भएको छ । आँबुखैरेनी गाउँपालिकामा १९ करोड २५ लाख विनियोजन भएकोमा वित्तीय समानीकरणतर्फ ७ करोड ७९ लाख र सशर्त अनुदानतर्फ ११ करोड ४६ लाख विनियोजन भएको छ ।
घिरिङ गाउँपालिकामा १९ करोड ९ लाख विनियोजन भएकोमा वित्तीय समानीकरणतर्फ ७ करोड ७५ लाख र सशर्त अनुदानतर्फ ११ करोड ३४ लाख विनियोजन भएको छ । देवघाट गाउँपालिकामा १८ करोड ८३ लाख विनियोजन भएकोमा वित्तीय समानीकरणतर्फ ६ करोड ६४ लाख र सशर्त अनुदानतर्फ १२ करोड १९ लाख विनियोजन भएको छ ।
कृष्ण न्यौपाने

 

प्रतिक्रिया दिनुहोस्