Logo

लहान र भीमसेन थापा गाउँपालिकामा मेगा बैंक

 शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले थप दुइटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भीमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपालले शाखा विस्तार गरेको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुराउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिएको जनाएको छ । योसँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरू र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्