लक्ष्मी बैंकको एटीएम पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेकमा «

लक्ष्मी बैंकको एटीएम पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेकमा

लक्ष्मी बैंकले आफ्नो एटीएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेकमा बिहीबारदेखि एटीएम सेवा सञ्चालनमा ल्याएकोे छ । यस एटीएमको सेवा व्यारेकका सैनिकहरूका लागी मात्र नभई, सर्वसाधारणहरूका लागि पनि उपलब्ध हुनेछ ।
यस एटीएमको उद्घाटन पृतनापति देवेन्द्रबहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिषराज कुँवरले गरेका थिए । यस थप एटीएमको साथ, लक्ष्मी बैंकको एटीएम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखा पुगेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्