गुराँस लाइफ ११ औं वर्षमा «

गुराँस लाइफ ११ औं वर्षमा

गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी भन्ने नाराका साथ कम्पनी १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिहीबार केन्द्रीय कार्यालय तीनकुन काठमाडौं, क्षेत्रीय कार्यालय बिर्तामोड, क्षेत्रीय कार्यालय बुटवल, शाखा कार्यालय धरानमा गरेको रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरेको भन्दै कम्पनीले शुक्रबार क्षेत्रीय कार्यालय वीरगन्ज र उपशाखा कार्यालय इटहरी मा रक्तदान कार्यक्रम छ ।
यस वर्ष नेपालभरि प्रत्येक महिना संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्ने योजना छ । यस १० वर्षको अवधिमा नेपालराज्यभरि १८ हजार प्रशिक्षित अभिकर्ता र ७० वटा कार्यालयमार्फत बालबालिकाका लागि शिक्षा योजना, सावधिक, आजीवन र पेन्सनसहितको बिमा योजना तथा वार्षिक नगद फिर्ता योजना समेटिएको विभिन्न १३ वटा जीवन बिमा योजना ल्याएको छ । अन्य कम्पनीहरूको तुलनामा बिमाशुल्क दर कम रहेको तथा हालसम्म बोनस दर ७६ रुपैयाँसम्म दिइएको यस कम्पनीका दाबी भुक्तानी प्रक्रिया छिटो, छरितो एवं सरल छ ।

 

प्रतिक्रिया दिनुहोस्