विद्यालयलाई कोरियाली राष्ट्रपतिको सहयोग «

विद्यालयलाई कोरियाली राष्ट्रपतिको सहयोग

कोरियाली राष्ट्रपति मुन जे इनले नुवाकोटको एक विद्यालयलाई ५ लाख व्यक्तिगत र कोरियाली जनताको तर्फबाट ९ लाख ५० हजार गरी १३ लाख ५० हजार रुपैयाँ सहयोग पठाएका छन् । तीन वर्षअघिको प्रतिबद्धताअनुसार मुनले उक्त सहयोग रकम पठाएको मुनको नेपाल भ्रमणमा मुनलाई १५ दिनसम्म गाइड गरेका भक्तराम लामिछानेले बताए ।
भूकम्पको एक वर्षपछि नेपाल भ्रमणमा आएका मुनले भुइँचालोले ध्वस्त आरुखर्कमा विद्यालयको अवलोकन गरेका थिए । विद्यालयको अस्थायी संरचना बनाउने काममा स्वयंसेवासमेत गरेका राष्ट्रपति मुनले त्यही बेला एक लाख रुपैयाँबराबरको विज्ञान प्रयोगशाला सामग्री उपलब्ध गराएका थिए । फर्केपछि पनि सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका थिए । त्यसबेला उनी राष्ट्रपति निर्वाचित भइसकेका थिएनन् ।
त्यसबेला रसुवाको लाङटाङदेखि गोसाइकुण्डसम्म ट्रेकिङ गरेका मुनले पठाएको सहयोग रकमले बेलकोटगढी नगरपालिकास्थित उक्त विद्यालयमा तारबार एवं खानेपानीको व्यवस्था गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्