काठमाडौमा ईण्डिया एजुकेशन फेयर «

काठमाडौमा ईण्डिया एजुकेशन फेयर

द हिन्दू ग्रुप भारतको प्रमुख आयोजना तथा द नलेज नेटवर्कको सहकार्यमा नेपालमा ईण्डिया एजुकेशन फेयर २०१८ को आयोजना हुने भएको छ ।
काठमाण्डौको दरवारमार्गस्थित होटल अन्नपूर्णमा यही जेठ १८ र १९ अर्थात शुक्रबार र शनिबार दुईदिने भारतीय शैक्षिक मेलाको आयोजना हुन गईरहेको हो । करीअर एण्ड नलेज नारा सहित आयोजना हुन गईरहेको यस ईण्डिया एजुकेशन फेयर २०१८ को संयोजनकारी भूमिकामा वाईड रेञ्ज कन्सल्टेन्सी, कृष्णा कन्सल्टेन्सी,थिम र एमसिएफ रहेका छन् । भारतका ख्यातीप्राप्त सरकारी तथा नीजि बिश्वविद्यालय र शिक्षणसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहने शैक्षिक मेलामा नेपाली विद्यार्थीह्रुले मेडीकल, ईन्जिनियरीङ्ग,आईटी, बिजनेश स्टडीज, ह्यूम्यानिटीज, आर्ट एण्ड डिजाईन, ल,जर्नालिजम, एग्रिकल्चर र पारामेडीकल लगायतका ४० भन्दा बढी कोर्ष र बिषयहरुका बारेमा एकै थलोमा जानकारी लिन पाउने द हिन्दू ग्रुपका एजुकेशन सेल्स हेड एस सुदर्शनले बताए ।
नेपाली विद्यार्थीहरुलाई छिमेकी राष्ट्र भारतका बिश्वविद्यालयहरुको अध्ययन अध्यापन, छात्रबृती लगायतका कुराहरुलाई समेट्न र त्यहाँका प्रतिनिधिहरुसँग सिधै सम्पर्क गर्न तथा परामर्श लिनका लागि पनि यो शैक्षिक मेला निकै लाभदायक हुने आयोजक संस्था द नलेज ग्रुपका प्रबन्ध निर्देशक तथा सिईओ बिकास त्रिबेदीको बुझाई रहेको छ । यस शैक्षिक मेलामा यूजी र पिजीका कोर्षहरु, छात्रबृती तथा बिेशष डकुमेन्ट तयार पार्न नेपाली विद्यार्थीलाई सघाईने, भारतभर प्रख्यात टप १० बिश्वविद्यालयहरुको सहभागीता र विद्यार्थीहरुलाई बिशेष करीअर काउन्सिलिङ्ग यस मेलाका मुख्य आर्कषण रहेको डब्लुआरसी नेपालका प्रबन्ध निर्देशक सुदिप नायकले बताए ।
हुनत अहिले पनि बर्षेनी हजारौको संख्यामा नेपाली विद्यार्थीह्रु अध्ययनका लागि भारतका बिभिन्न बिश्वविद्यालय तथा शिक्षण संस्थाहरुमा जाने गरेका छन् । तर यसरी नबुझेर भारत अध्ययनमा जाँदा विद्यार्थीह्रुले विभिन्न समस्या झेल्नु पर्ने तितो यर्थाथलाई मध्यनजर गर्दैे द हिन्दू ग्रुपले समवन्धित विश्वविद्यालय तथा कलेजका प्रतिनिधि तथा प्रिन्सीपल, डाईरेक्टरहरुसँग प्रत्यक्ष भेटेर आम अभिभावकले लाभ लिन सकुन् भन्ने उद्धेश्यकासाथ मेला आयोजना गरीएको हो । भारतीय शैक्षिक मेला अवलोकनका लागि प्रबेश निशुल्क गरीएको छ यस शैक्षिक मेलामा सहभागी भई आफुले भारतमा पढ्न चाहेको बिषय र विश्वविद्यालयका बारेमा जानकारी लिई लाभ लिन आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्