लोअर इर्खुवा जलविद्युत् आयोजनाको पीपीए «

लोअर इर्खुवा जलविद्युत् आयोजनाको पीपीए

 नेपाल विद्युत् प्राधिकरण र लोअर इर्खुवा हाइड्रोपावर कम्पनीबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।
प्राधिकरण र १४.१५ मेगावाट रहेको लोअर इर्खुवा जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीबीच पीपीए भएको हो । बुधबार पीपीएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वर मानसिंह तथा कम्पनीका प्रबन्धक विश्वेश्वर सुवेदीबीच हस्ताक्षर भएको छ । आयोजनामा नेसनल हाइड्रो पावर कम्पनीको ६७ प्रतिशत शेयर लगानी छ । २ अर्ब २५ करोड लागत रहेको आयोजनाको ६ महिनाभित्र वित्तीय व्यवस्थापन गरी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीका ऊर्जाविद् कुमार पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्