एनआरएनएद्वारा सडक सुरक्षासम्बन्धी पुस्तक हस्तान्तरण «

एनआरएनएद्वारा सडक सुरक्षासम्बन्धी पुस्तक हस्तान्तरण

गैरआवासीय नेपाली संघको ट्राभल सफ्टी एन्ड रोड सेकुरेटी (टीएसआरएस) उपसमितिको आयोजनामा ‘युनिर्भसल हाइवे कोड फर अल रोड युजर’ नामक पुस्तकको हस्तान्तरण एवं सडक दुर्घटनासम्बन्धी छलफल कार्यक्रम चितवन जिल्लाको भरतपुर महानगरपालिकामा सम्पन्न भएको छ ।
संघका सहकोषाध्यक्ष तथा टीएसआरएसका सहसंयोजक सोम सापकोटाले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसँग भेट गरी संघका गतिविधिहरू र कार्यक्रमबारे जानकारी गराउँदै पुस्तक हस्तारण गरे । सो अवसरमा दाहालले यस्ता जानकारीमूलक कार्यक्रमले चितवन जिल्लामा हुने गरेको सडक दुर्घटनालाई न्यूनीकरण गर्नेमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन । यसका साथै उनले विदेशमा गैरआवासीय नेपालीहरूले आर्जना गरेका ज्ञान सीप र प्रविधिको सदुपयोग गरी समृद्ध नेपाल र खुसी नेपाली भन्ने अभियानलाई सार्थक बनाउने प्रतिबद्धता पनि जाहेर गर्दै यसका लागि आफ्नोतर्फ सदैव सहयोग रहने विश्वास पनि दिलाइन ।
सो कार्यक्रममा सडक सुरक्षासम्बन्धी पुस्तक जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख सन्तोष पन्तलाई हस्तान्तरण गर्नु गरियो । यसरी नै सो पुस्तक पन्तले चितवन जिल्लमा रहेका २१ वटा ड्राइभिङ इन्स्टिच्युटका अध्यक्षहरूलाई वितरण गर्नको लागि ड्राइभिङ इन्स्टिच्युटका महासंघका अध्यक्ष राजु परियारलाई हस्तान्तरण गरियो । पुस्तक हस्तान्तरण पछि सडक सवारी सुरक्षासम्बन्धी विषयमा सहभागीहरूसँग छलफल गरिएको थियो । छलफल कार्यक्रममा प्रहरी ट्राफिक कार्यालयका प्रमुख सन्तोष पन्त, ड्राइभिङ इन्स्टिच्युट महासंघका अध्यक्ष राजु परियारलगायत अन्य सहभागीहरूले यस पुस्तकबाट सडकसवारी सुरक्षा र दुर्घटनाकाबारे जनचेतना अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । यस्तो जानकारीमूलक पुस्तक उपलब्ध गराएकोमा सहभागीहरूले संघप्रति हार्दिक आभार प्रकट यस पुस्तकलाई साधारण मानिसले बुझ्ने गरी नेपाली भषामा उपलब्ध गराउनका लागि आग्रह गरेका थिए । यसका साथै उनले भविष्यमा चालक पेसामा विदेश जानेहरूलाई यस पुस्तक उपयोगी हुने र यससम्बन्धी जनचेतना अभिवृद्धि गरेमा हाल वैदेशिक रोजगारका दौरान चालक पेसामा खाडी मुलुकमा गएर सडक सुरक्षासम्बन्धी अज्ञानताको कारणले गर्दा बन्दी जीवन बिताइरहेकाहरूलाई रिहा गर्नका लागि नेपाल सरकार, संघका साथै अन्य सरोकारवाला संस्थाहरूले जुन ठूलो राशिको ब्लड मनि उठाउनु परेको छ त्यसमा कमी आइ सो रकम अन्य उत्पादनमूलक क्षेत्रमा सदुपयोग गर्न सकिने पनि बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्