एनएमबी बैंकले पायो अर्को गौरवपूर्ण सम्मान «

एनएमबी बैंकले पायो अर्को गौरवपूर्ण सम्मान

आठौं आईएफसी अवार्डमा एनएमबी बैंकले बेस्ट इस्युइड बैंक पार्टनर इन फ्रेजाइल कन्ट्रिज–२०१७ साउथ एसिया अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबी बैंक पहिलो वाणिज्य बैंक हो । ग्लोबल ट्रेड प्रोग्राम २०१७ मा बैंकले गरेको सहकार्यका लागि आईएफसीका क्षेत्रीय प्रमुख भिक्टोरियो डी बेल्लेले एनएमबी बैंकका प्रमुअ कार्यकारी अधिकृत सुनी केसीलाई सो अवार्ड प्रदान गरेका छन् ।
आईएफसी ट्रेड अवार्डको प्राप्तिले एनएमबी बैंकको अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठूलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको बैंकले जनाएको छ । ‘एनएमबी बैंकले समृद्घ नेपालका लागि’ भन्ने नारालाई आत्मसाथ गर्दै ऊर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाव हुने गरी काम गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्