रोल्पामा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा «

रोल्पामा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा

नेपाल इन्भेस्टमेन्ट बैंकले रोल्पाको त्रिवेणी गाउँपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । २२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ बैंकले जनाएको छ ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ साथै विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेस्टमेन्ट बैंक एक मात्र बैंक छ । ८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटीएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटीएम छ ।

प्रतिक्रिया दिनुहोस्