Logo

मेरो माइक्रोफाइनान्सको गोष्ठी सम्पन्न

नुवाकोट जिल्लाको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको आव ०७४/७५ को कार्यक्रम समीक्षा तथा आगामी वर्षको योजना तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जेठ ११ गतेदेखि चितवनको सौराहामा सुरु भएको उक्त गोष्ठीको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका थिए ।
उक्त गोष्ठीमा संस्थाका निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, योजना विभाग प्रमुख राजुप्रसाद पुडासैनी वित्त विभाग प्रमुख बुद्धिप्रसाद अधिकारी, कर्जा विभाग प्रमुख शेरबहादुर गुरुङ, जनशक्ति तथा कार्य सञ्चालन विभाग प्रमुख बिजेन्द्र चौधरीलगायत विभागीय प्रमुख तथा अधिकृतहरू, कर्पोरेट कार्यालयका कर्मचारीहरू, अनुगमन कार्यालय र शाखा कार्यालयका प्रमुखहरू गरी करिब १ सय जनाको उपस्थिति थियो । संस्थाले हालसम्म देशमा विभिन्न ४६ जिल्लाहरूमा ७६ वटा शाखा कार्यालयमार्फत ७२ हजार विपन्न परिवारहरूलाई लघुवित्तीय सेवा प्रदान गरिरहेकोमा आगामी वर्ष थप ५ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने र नयाँ १० शाखा थप गरी जम्मा १ लाख सदस्यलाई सेवा दिने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्