‘माछा माछा भ्यागुता’ «

‘माछा माछा भ्यागुता’

डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री
बजेट सुन्दै जाँदा ‘माछा माछा भ्यागुता’ जस्तो अनुभूति भयो । बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो । जबकी आवश्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो । त्यो न राजस्व न भित्रि र बाहिरी लगानी, न क्षेत्रगत विनियोजन, न प्रदेश र तल हस्तान्तरणमा कतै पनि देखिएन । राजस्वको स्रोत पुरानै ढाँचाको छ । ऋणको भार पनि पुरानै तरीकाले देखाइएको छ । बजेट संघीयताको मूल मर्मअनुसार छैन । बजेटमा करिब २२ प्रतिशत मात्र प्रदेश र स्थानीय तहलाई विनियोजन गरिएको छ, त्यसैले यो संघीयताको मर्मअनुसारको छैन । बजेटले ठूला पूर्वाधार, कृषि, शिक्षामा गुणात्मक वृद्धि गर्ने आधार तय गर्न सकेको छैन । बजेटले समृद्धिको सपना निराशामा परिणत गरेको छ । ठूलो आर्थिक वृद्धि गर्ने कार्यक्रम छैनन् । ठूलो वैदेशिक लगानी नआएसम्म आर्थिक वृद्धि हुँदैन । त्यसका लागि वातावरण बनाउने योजना बजेटमा समावेश छैनन् । विकास र समृद्धिको आधार बन्छ त्यसका लागि गुणात्मक कार्यक्रम आउँछ भन्ने थियो तर त्यो देखिएन ।

प्रतिक्रिया दिनुहोस्