टाटाको स्पोर्टस् कार रेसमो प्रोजेक्ट बन्द «

टाटाको स्पोर्टस् कार रेसमो प्रोजेक्ट बन्द

 भारतीय कार उत्पादक कम्पनी टाटाले अघिल्लो वर्ष निक्कै महत्वकांक्षी परियोजना सार्वजनिक गर्यो । त्यो थियो स्पोर्टस् कार उत्पादन गर्ने । तर कम्पनीले घोषणाको एक वर्षमै तत्कालका लागि उक्त परियोजनालाई निरन्तरता नदिने जनाएको छ । टाटाले आफ्नो स्पोर्टस् कार रेसमो गत वर्षको जेनेभा इन्टरनेशनल मोटर शोमा सार्वजनिक गरेको थियो ।
रेसमो परियोजनामा टाटाको प्यासेन्जर तथा कमर्सियल भेइकल सेगमेन्ट नै सहभागी थियो । कम्पनीले त्यसको विकास र अनुसन्धानमा लाग्ने लगानी एनालाइसिसपश्चात तत्कालका लागि बन्द गर्ने निर्णयमा पुगेको हो ।
टाटा मोटर्सका ग्रुप सीएफओ पी बी बालाजीका अनुसार कम्पनीले ल्याएका सबै परियोजना र मोडललाई समयले साथ दिन्छ भन्ने ग्यारेन्टी नहुने भएकाले रेसमो त्यस्तै एक हुन पुग्यो । अहिलेको आर्थिक अवस्थाको विश्लेषण गरेर अघि बढ्नु बुद्धिमता भएको बालाजीको भनाइ छ । टाटाले उक्त परियोजना रद्द गरेको नभई तत्कालका लागि स्थगित गरेको उनले जानकारी दिए ।
टाटाले कमर्सियल र प्यासेन्जर कार प्रोजेक्टलाई बढी ध्यान दिएकाले रेसमोजस्ता परियोजना स्थगित गरिएको टाटाका प्रवक्ताले जनाएका छन् । रेसमो परियोजना निर्माताका लागिमात्र भएकाले त्यसमा तत्काल लगानी बन्द गरियो भने क्यासको प्लो बचत हुने प्रवक्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्