कोकाकोलाको चिरपरिचित पानीको ब्रान्ड किन्ले नेपालमा

कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्रान्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकाकोलाको नेपाली बजारमा दोस्रो ठूलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीका रूपमा आएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रूपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउनेछ । जसलाई प्रशोधनमार्फत उच्च गुणस्तरको बनाइएको कम्पनीले जनाएको छ । किन्ले ब्रान्डको अनाबरण ब्रान्ड एम्बेसडर महानायक राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सने संयुक्त रूपमा अनावरण गरे । उक्त कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी विज्ञ कबीन्द्र पुडासैनी, र डब्लूडब्लूएफका सिनियर कार्यक्रम प्रबन्धक घनश्याम गुरुङले नेपालमा पिउने पानीको हालको अवस्था र गुणस्तरका बारेमा चर्चा गरे ।
किन्ले एक लिटर साइजमा बजारमा उपलब्ध हुने पानीको बजार मूल्य २५ रुपैयाँ उपलब्ध छ । प्रडक्ट लञ्चिङ कार्यक्रममा बोल्दै नेपालका लागि कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले किन्ले ब्रान्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको बताए ।
यस्तै, उक्त कार्यक्रमा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले कम्पनीले किन्लेको नेपालमा उत्पादन सुरु गरेका जनाए । यसको शुद्धतामा कुनै सम्झौता नगरिएको भन्दै उनले ८ चरणसम्म पानीको प्रोसेसिङ हुने र नेपालमै उत्पादन भएको उच्च गुणस्तरको पानी नेपालभरि नै फैलाउने कम्पनीको लक्ष्य रहेको बताए ।