बिटक्वाइन मुद्रा कीर्तिमानी उचाइमा «

बिटक्वाइन मुद्रा कीर्तिमानी उचाइमा

सोमबार भर्चुअल मुद्रा बिटक्वाइनमा ४.५ प्रतिशतको वृद्धि भएपछि यसको मूल्य ९ हजार ७ सय डलरको कीर्तिमानी उचाइमा पुगेको छ । हाल यो मुद्राको मूल्यमा शुक्रबारको तुलनामा २० प्रतिशतको वृद्धि भएको लक्जेम्बर्गस्थित बिटक्वाइन एक्सचेन्ज बिटस्ट्याम्पले जनाएको छ । यो वर्ष बिटक्वाइनको मूल्य १ हजार डलरको हाराहारीबाट सुरु भएको थियो ।
भर्चुअल मुद्रा विशेष गरी नियमन हुने गरेको छैन र यसको परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर गएर कारोबार हुने गरेको छ । यसको वृद्धिले अन्तर्राष्ट्रिय नियामकमा चासो पनि बढाएको छ ।
चीनले कुनै पनि नयाँ भर्चुअल मुद्रा लन्च गर्नबाट प्रतिबन्ध लगाएका छन् र यसको विनियम पनि रोकेका छन् ।
जेपी मोर्गान चेसका प्रमुख कार्यकारी जेमी डिमोनले बिटक्वाइनलाई हालैको सम्मेलनमा धोकाका रूपमा व्याख्या गरेका छन् ।
“यो वास्तविक वस्तु होइन, वास्तवमै यो बन्द हुन सक्छ,” उनले बताए ।बिटक्वाइनजस्ता मुद्रालाई इन्टरनेटको अज्ञात कम्प्युटरको नेटवर्कले सञ्चालन गर्ने गरिएको छ ।यसलाई सरकार र केन्द्रीय बैंकको समर्थन रहँदैन । त्यसैले यसको मूल्यप्रतिको समर्थनका लागि कोही पनि जिम्मेवार हुँदैन ।युरोपेली केन्द्रीय बैंकका नीति निर्माता इवाल्ड नोवोट्नीले बिटक्वाइन सहजै माथि जान सक्ने र केन्द्रीय बैंकमाथि केही पनि नगरेको आरोप लाग्ने गरेको बताए ।त्यसैले क्रिप्टो करेन्सीको कारोबारमा राम्रो नियमनको आवश्यकता भए÷नभएको बारे आफुहरू बुझ्ने प्रयासमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्