मोबाइल फुटसल टुर्नामेन्ट–२०१८मा ‘ओप्पो टिम वान’ प्रथम «

मोबाइल फुटसल टुर्नामेन्ट–२०१८मा ‘ओप्पो टिम वान’ प्रथम

पाको युथ क्लबले आयोजना गरेको सेकेन्ड मोबाइल फुटसल टुर्नामेन्ट–२०१८ मा ओप्पो नेपालको टिम वानले विजय हासिल गर्न सफल भएको छ । पुरस्कार राशिको आधारमा नेपालकै सबैभन्दा ठूलो फुटसल टुर्नामेन्टको रूपमा रहेको यस मोबाइल फुटसल टुर्नामेन्टमा फाइनल चरणमा ओप्पो नेपालको टिम वानले ओप्पो नेपालको टिम टुलाई हराएर प्रतियोगितामा विजयी बन्न सफल भएको हो ।
राजधानीमा आयोजित नेपालका प्रमुख मोबाइल कम्पनीहरूको सहभागिता रहेको मोबाइल फुटसल प्रतियोगितामा ओप्पो नेपालको टिम वान प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार तथा मोबाइल फुटसल टुर्नामेन्ट कप हात पार्न सफल भएको हो । त्यसैगरी दोस्रो मोबाइल फुटसल टुर्नामेन्टमा ओपो नेपालकै टिम टुले दोस्रो स्थान हात पार्न सफल भएको छ ।
सो टिमले ५५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कारसहित पदक तथा मोबाइल फुटसल टुर्नामेन्ट कप हात पार्यो । टुर्नामेन्ट आयोजक पाको युथ क्लबका अध्यक्ष प्रवीणमान श्रेष्ठले मोबाइल व्यवसायबाट केही समय फुर्सद दिलाउने र व्यवसायीबीच एक आपसमा सम्बन्ध बढाउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्