गरिमा र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता «

गरिमा र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता

गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो सम्झौतापछि ओम डेभलपमेन्ट बैंकका हाल देशभर रहेका ५२ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्ने सुविधा प्रधान गरिएको गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्