भारतले इरानमाथिको अमेरिकी प्रतिबन्ध नटेर्ने «

भारतले इरानमाथिको अमेरिकी प्रतिबन्ध नटेर्ने

नयाँ दिल्ली- अमेरिकाले इरान तथा भेनेजुयलामाथि प्रतिबन्ध लगाएपनि भारतले यी मुलुकसँगको कारोबार जारी राख्ने विदेश मन्त्री सुष्मा स्वराजेले बताएकि छन् । मोदी सरकारको ४ वर्ष कार्यकाल पुरा भएको समयमा उनले संवाददाताले सोधेको प्रस्नको उत्तरमा यस्तो बताएकि हुन् ।
उनले भारतले केबल संयुक्त राष्ट्र संघिय प्रतिबन्ध मात्रै मान्ने बताएकि छन् । अमेरिकी प्रतिबन्धका कारण इरान तथा भेनेजुयलासँग भारतले गर्ने तेल आयातमा असर पर्न सक्ने विषयलाई उद्र्धृत गर्दै उनले यस्तो बताएकि हुन् ।
भारतले कुनै पनि मुलुकको दबाबमा आफ्नो देशको विदेश नीति नबनाउने स्वराजले बताइन् । यसै महिनाको सुरुमा अमेरिकाले इरानसँग भएको २०१५ को परमाणु सम्झौताबाट आफू अलग भएको बताएको थियो । यो निर्णयको घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बिरुद्धमा पुनः प्रतिबन्ध लगाएका थिए ।
अमेरिकाले भेनेजुयलाको राष्ट्रपतिमा निकोलास माडुरो पुनः विजय भएपछि उसको बिरुद्धमा प्रतिबन्धलाई थप कडा बनाउने घोषणा गरेको थियो । इराक र साउदी अरबपछि इरान भारतको तेस्रो ठूलो तेल आपूर्तिकर्ता मुलुक हो । आर्थिक वर्ष २०१७–१८ को सुरु १० महिनाको अधिघमा भारते इरानबाट १.८४ करोड टन कच्चा तेलको आयात गरेको थियो । यो तथ्यांक २०१७ को अप्रिलदेखि २०१८ को जनवरीबीचको हो । यसैबीच भारतलाई तेल आपूर्ति गर्ने मुलुकमा भेनेजुयला प्रमुख देश मध्येको एक हो ।

 

प्रतिक्रिया दिनुहोस्