लघुउद्यमीलाई सहुलियत : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लघु उद्यमीलाई प्रदेश सरकारले अनुदान र सहुलियत ब्याजदरमा ऋण दिने प्रतिबद्धता जनाएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरेको उद्योग तथा उद्यमशीलता र लघुउद्यम विकास मोडेलसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले लघु उद्यमीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले कर्णाली प्रदेश सरकारले लघुउद्यम विकासका लागि ‘एक स्थानीय तह एक लघुउद्यम’को नीति लिएको वताए । उनले लघुउद्यमको वर्गीकरण गर्न भने जरुरी रहेको बताए ।
मुख्यमन्त्री शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकास आवश्यक हुने औंल्याए । ठूलो पुँजीको लगानीलाई मात्र प्राथमिकता दिइएमा एकाधिकार पुँजीको विकास हुने भन्दै उनले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकासले महत्वपूर्ण टेवा पु¥याउनेमा जोड दिए । कर्णाली सरकारले बैंक सञ्चालकहरूलाई सवै स्थानीय तहमा सेवा पु¥याउन पहल गरेको भन्दै यसले लघुउद्यम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लघु उद्योगबाट उत्पादित वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीका लघुउद्यमको बजारीकरण सरकारले नै गरिने दिने बताए । उनले पर्यटनमा समेत लघु उद्यमले टेवा पु¥याउने भन्दै उनले कर्णाली घुम्न आउने पर्यटकलाई यहाँको उत्पान बेच्न सक्नुपर्ने बताए । लघु उद्यमबाट केही समय पहिले कर्णाली प्रदेश आत्मनिर्भर रहेको स्मरण गराउँदै मुख्यमन्त्री शाहीले अब पनि लघु उद्यमबाट प्रदेशको समृद्धि सम्भव रहेको जिकिर गरे ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लघु उद्यमबाट रोजगारीका पर्याप्त अवसर सिर्जना हुने भन्दै प्रदेश सरकारले लघु उद्यमसम्बन्धी उद्योगलाई नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिने बताए । कार्यक्रममा लघुउद्यमको आगामी ढाँचाका बारेमा छलफल गरिएको छ । कर्णाली प्रदेशमा परम्परागत रुपमा भएका लघु उद्यमहरू लोपहुँदै गएको भन्दै त्यसको संरक्षणका लागि प्रदेश सरकार र स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।