अमेरिकी युद्धपोतलाइ लखेट्दै चिनियाँ सेना «

अमेरिकी युद्धपोतलाइ लखेट्दै चिनियाँ सेना

बेइजिङ- दक्षिण चीन सागरमा अमेरिकी नौसेनाको दुई युद्धपोतलाई लखेटेको दावी चीनले गरेको छ । अमेरिकी नौसेनाको दुई युद्धपोत हिंगिन्स तथा एन्टिटेमलाई पार्सस द्विपको नजिक देखिएको चीनको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको अर्थ दुवै युद्धपोत अनुमती बिना चीनको जल सीमामा प्रवेश गरेको चीनले जनाएको छ । उक्त क्षेत्रमा चिनियाँ नौसेनाले रोकेको चीनले जनाएको छ ।
यसपछि चिनियाँ नौसेनाले अन्तर्राष्ट्रिय कानुनका अनुसार अमेरिकी दुई जंगी जहाजलाई त्याहाँबाट जान भनेको थियो । सिन्ह्वाका अनुसार अमेरिकाको दुवै जहाजलाई चिनियाँ नौसेनाले त्याहाँबाट लखेटेको थियो । चीनको यो कदमपछि उक्त जल क्षेत्रमा तनावको अवस्था पैदा भएको जनाइएको छ ।
एक साता अगाडिको अवधिमा चीनले परमाणु क्षमताको बमवर्षक विमानबाट अभ्यास गरेको थियो । यसैको जवाफ दिनका लागि अमेरिकाले दक्षिण चीन सागरमा जंगी जहाज पठाएको बताइएको छ । चीनको उद्देश्य यो विवादित क्षेत्रमा आफ्नो बलियो दावी गर्नु हो ।
अमेरिकाले चीनको यो कदमको जोडदार रुपमा आलोचना गरेको छ । चीनले आफ्नो छिमेकी देशसँग विवाद रहेको पार्सल द्विपबाट १२ नटिकल माइलको दुरीमा गाइडेड मिसाइल क्रुजर पनि तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्