उत्तर कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति, योनहापले बुधबार बिहान जनाएको थियो । विश्व समुदायाको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उसले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङयाङको प्योङसोङबाट उक्त क्षेप्यास्त्र हानिएको सो समाचारमा उल्लेख छ । सो क्षेप्यास्त्र उक्त प्रान्तबाट पूर्वतर्फ गएको पनि जनाइएको छ ।
उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन् । उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ । उक्त क्षेप्यास्त्र ५ हजार ४ सय ७५ मिटरको उचाइसम्म पुगेको थियो । यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो । यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भूभागको माथिबाट भने नगएको बताइएको छ । तर यो जापानी समुद्रमा भने खसेको अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ ।
उक्त क्षेप्यास्त्रले पार गरेको दूरीको बारेमा केही बताइएको छैन । तर पनि विश्लेषकहरुले उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताका क्षेप्यास्त्रहरुको विकास गरिरहेकोले यस पटकको यो परीक्षण पनि यस्तै शक्तिको भएको जनाएका छन् । यसअघि गत अप्रिल महिनामा पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि निकै शक्तिशाली भएको बताइएको थियो । उसले यो वर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापी रुपमा नै तनाव बढिरहँदा यो फेरि अर्काे क्षेप्यास्त्र हानेको छ । यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् । यसअघिको एक परीक्षणमा उत्तर कोरियाले जापानको भूमि नघाएर समुद्रमा मिसाइल हानेको थियो । उक्त घटनाको विश्वव्यापी रुपमा नै विरोध भएको थियो ।
त्यस लगत्तै उसले ६.३ रेक्टरको कम्पन ल्याउनेगरी नै हाइड्रोजन मिश्रित परमाणु परिक्षण नै गरेको थियो । त्यस घटनापछि भने उत्तर कोरिया आगामी दिनमा थप घातक मिसाइलको तयारीमा जुटेको चिन्ता सर्वत्र व्यक्त गरिएको थियो ।
यो परिक्षणसँगै उत्तर कोरिया आणविक शक्तिराष्ट्र भएको राष्ट्रपति किम उन जोनले बताए ।उनले बुधबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको निरीक्षणपछि सो घोषणा गरेका हुन् ।
उक्त निरीक्षणपछि उनले भने– आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भूभागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौँ ।”
यसले आफ्नो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्धमा पनि बचाउन सक्ने अवस्था रहेको पनि उनले बताए ।
बुधबार भएको यस परीक्षणपछि उनले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणस्थलको निरीक्षण गर्नुका साथै यसको क्षमताको बारेमा पनि जानकारी लिएका थिए । त्यस क्रममा उनते उक्त क्षेप्यास्त्र परीक्षणमा संलग्न अधिकारीहरुलाई धन्यवाद पनि दिएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ ।