महालक्ष्मी विकास बैंकको सहयोग «

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्र्दै आइरहेकोमा भक्तपुर शाखाले शुक्रबार काभे्र जिल्ला बेथानचोक–६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङलाई मृगौला रोगको उपचारका निमित्त ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त कार्यक्रममा बंैकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङलाई चेक हस्तान्तरण गरेका थिए । मृगौला रोग लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पु¥याउने उद्देश्यले बैंकले सो सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्