चन्द्रागिरि सहकारीको मोबाइल बैंकिङ सेवा «

चन्द्रागिरि सहकारीको मोबाइल बैंकिङ सेवा

चन्द्रागिरि बचत तथा ऋण सहकारीले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । सदस्यहरूलाई प्रविधिमा आधारित सेवा पु¥याउने उद्देश्यले मोबाइल बैंकिङ सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । मोबाइल बैंकिङ सेवामार्फत सदस्यहरूले खातामा रकम भुक्तानी तथा स्थानतरण, मोबाइल रिचार्ज, विद्युत् खानेपानीलगायतका युटिलिटी बिल पेमेन्ट र कार्डरहित एटीएम सेवा उपभोग गर्न पाउँछन् । यसैगरी संस्थाले १०० दिने आवधिक बचत योजना पनि सुरु गरेको छ । दुवै सेवाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले उद्घाटन गरे ।

 

प्रतिक्रिया दिनुहोस्