फेवातालमा एक युवा बेपत्ता «

फेवातालमा एक युवा बेपत्ता

पोखराको फेवातालमा डुंगा सयर गर्दागर्दै एकाएक हावा हुरी र पानीसँगै चट्याङ पर्दा डुंगामा सयर गरेका एक युवा बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब ३ः१५ बजे फेवातालको खपौदी क्षेत्रमा डुंगा सयर गर्दै गरेका ५ जनाको समूहमध्ये रामेछापका १८ वर्षीय सुप्रिम लामा चट्याङको झड्काले तालमा खस्न पुग्दा वेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
डुंगा सयर गर्ने क्रममा उनले डुंगाको पछाडितर्फ बसेर डुंगा खिल्याउँदै गरेको अवस्थामा विशाल थापा समेत तालमा डुब्न पुगेका थिए । सिन्धुली स्थायी घर भई हाल भक्तपुर बस्दै आएका १८ वर्षीय थापाको अन्य साथीहरुले तत्काल उद्धार गरेका थिए । उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपि खड्गबहादुर खत्रीले बताए ।
वेपत्ता भएका लामाको सशस्त्र प्रहरी गण र नेपाल प्रहरीको रेस्क्यू टिमले खोजी कार्य जारी राखेको छ । लामाले लगाएको लाइफ ज्याकेट तालमै भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्