३१ लाख ७७ हजारमा बिक्यो एक जोडी जापानी खरभूजा

नेपालामा एक जोडी खरभूजाको मूल्य कति पर्ला ? लगभग त्यस्तै ४ सय, ५ सय रुपैयाँ । तर जापानमा एक जोडी प्रिमियर खरभूजा ३२ लाख येन यानेकी २९ हजार ३ सय डलर अर्थात ३१ लाख ७७ हजार ६ सय रुपैयाँमा बिक्री भएको छ । यो मूल्य एउटा नयाँ कारको मूल्य भन्दा पनि बढी हो । जापानमा फललाई प्रतिष्ठाको प्रतीक मानिदै आएको छ ।
लीलामी अधिकारीका अनुसार एक स्थानिय फल प्याकिङ फर्मले यूबारी खरभूजाको कीर्तिमानी मूल्यमा खरिद गरेको छ । यो प्रिमियर खरभूजाको लीलामी उत्तर होकाइडामा सपोरो केन्द्रीय थोक बजारमा भएको थियो ।
दुई वर्ष अगाडि यो प्रतिष्ठित फलको लीलामी ३२ लाख येनमा भएको थियो । यो वर्ष यूबारी खरभूजाको जापानमा उत्पादन कीर्तिमानीनै भएको छ । यसबाट जापानमा शानदार वाइन बन्छ ।